प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-०५-२९

  • A
  • A-
  • A+
Share

   कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०५।२८ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।

१.       चोरी मुद्दामा १७ दिन कैद सजाय र  रू १,०००।- जरिवाना तोकिएको गोदावरी न.पा. ४ बस्ने बर्ष २३ को सन्तोष साहनी

२.      लागू औषध मुद्दामा ६ महिना कैद सजाय तोकिएको जोशीपुर गा.पा. १ बस्ने बर्ष ३५ को रबिन शाह ।

३.      लागू औषध मुद्दामा ६ महिना कैद सजाय तोकिएको जोशीपुर गा.पा. ३ बस्ने बर्ष २४ को छत्रराज पाठक ।

   कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित कञ्चनपुर जिल्ला अदालतको मिति २०८०।०८।१९ गतेको फैसलाले चोरी मुद्दामा ६ महिना कैद सजाय र रू. १०,०००।- जरीवाना तोकिएको भिमदत्त न.पा. ९ ब्रहमदेब बस्ने १८ बर्षिय किशोरलाई इलाका प्रहरी कार्यालय ब्रह्मदेबकञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०५।२८ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।