प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०५-३०

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८१।०५।२९ गते १७:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ मिलनचोकबाट जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.६ बस्ने बर्ष ३२ को तेज भटराई, बर्ष २७ को अमन बोहरा र बर्ष ३० को प्रमोद खड्कालाई शंका लागि चेकजाँच गर्दा १ ग्राम ३० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो  देखिने धुलो पदार्थ फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।

     यसैगरी, मिति २०८१।०५।२९ गते १६:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगर कैलालीबाट संयुक्त खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी उ.म.न.पा. २ त्रिनगर चेक पोष्टबाट ऐ.८ क्याम्पस चोक बस्ने बर्ष २१ को सुवास थापालाई शंका लागि चेकजाँच गर्दा २८० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो  देखिने धुलो पदार्थ फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।

     यसैगरी, मिति २०८१।०५।२९ गते १४:३० बजेको समयमा इलाका प्रहरी कार्यालय सुखड र बौनियाँ, कैलालीबाट संयुक्त खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, बर्दागोरिया गा.पा. १ मुडाबजारबाट सोही ठाउँ बस्ने बर्ष २७ राजन वादीलाई शंका लागि चेकजाँच गर्दा ७० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो  देखिने धुलो पदार्थ फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान बरामद
२०८१-०६-०४

     कैलाली:-  मिति २०८१।०६।०३ गतेका दिन कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ आदर्श टोल, ऐ. ३ ट्राफिक चौराहा, ऐ. १४ गडाघाट, गोदावरी न.पा.४ हनुमान मन्दिर नजिक, भजनी न.पा.३ कांडा, ऐ. ७ हिक्मतपुर, ऐ. ८ खैरा र  टिकापुर न.पा. ९ पायलगाउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५,६५,८३०।– बराबरको प्याज, चिनी, मिश्री, पास्ता, धनियाँ,  किसमिस, बदाम, पिनेट, बिडी, सुर्ती, खेलौना, कस्मेटिकका सामान, सुटपिस, धोती, भाँडाकुँडा, मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।     कञ्चनपुर:- मिति २०८१।०६।०३ गतेका दिन कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.१७ खल्ला र बेलौरी न.पा.२ टेडुवाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,६३,५००।– बराबरको प्याज, कुर्ती, मिठाई, सुट कपडा, मल, मोटरसाइकल थान-१  लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

अबैध भन्सार छलिका सामान बरामद
२०८१-०६-०३

     कैलाली:-  मिति २०८१।०६।०२ गतेका दिन कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ ट्राफिक चौराहा र ३ मिलनचोक, ऐ. ४ बसपार्क, गोदावरी न.पा.४ हनुमान मन्दिर नजिक र भजनी न.पा ७ हिक्मतपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,८२,३८५।– बराबरको प्याज, चिनी, बिस्कुट, मसला, सुटपिस, कुर्ती, साडी, थान कपडा, इन्टरनेट केवल तार, इन्टरनेट राउटर लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।    कञ्चनपुर:- मिति २०८१।०६।०२ गतेका दिन कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु बेलौरी न.पा.८ पचुँई, ऐ. १० शिबनगर  र पुनर्वास न.पा.३ IBRD बाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८१,८००।– बराबरको चिनी, बिडी, सुर्ती, खानेतेल, बिस्कुट, पेय पदार्थ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।