प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०५-३०

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८१।०५।२९ गते १७:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ मिलनचोकबाट जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.६ बस्ने बर्ष ३२ को तेज भटराई, बर्ष २७ को अमन बोहरा र बर्ष ३० को प्रमोद खड्कालाई शंका लागि चेकजाँच गर्दा १ ग्राम ३० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो  देखिने धुलो पदार्थ फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।

     यसैगरी, मिति २०८१।०५।२९ गते १६:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगर कैलालीबाट संयुक्त खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी उ.म.न.पा. २ त्रिनगर चेक पोष्टबाट ऐ.८ क्याम्पस चोक बस्ने बर्ष २१ को सुवास थापालाई शंका लागि चेकजाँच गर्दा २८० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो  देखिने धुलो पदार्थ फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।

     यसैगरी, मिति २०८१।०५।२९ गते १४:३० बजेको समयमा इलाका प्रहरी कार्यालय सुखड र बौनियाँ, कैलालीबाट संयुक्त खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, बर्दागोरिया गा.पा. १ मुडाबजारबाट सोही ठाउँ बस्ने बर्ष २७ राजन वादीलाई शंका लागि चेकजाँच गर्दा ७० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो  देखिने धुलो पदार्थ फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको 

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।