अबैध भन्सार छलिका सामान बरामद
२०८१-०५-३१
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०५।३० गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२, ऐ. १३ भगवती टोल, ऐ. १९ लल्लीपुर र कैलारी गा.पा. ३ हनुमान मन्दिर नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,९९,४७०।– बराबरको मोबाइल स्क्रिन गार्ड, मोबाइल कभर, बिडी, सुर्ती, मसला, पापड, बोइलर कुखुरा लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट संयुक्त खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०५।३० गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. १७ मझ्गाँउ बाँसखेडा चोक र बेलौरी न.पा. ४ शान्तिपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३९,१५०।– बराबरको प्याज, चिनी, गुड, सुर्ती, बिडी, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।