प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-०५-३१

  • A
  • A-
  • A+
Share

     डोटी:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित अदालतको मिति २०७२।०४।३० गतेको फैसलाले जवरजस्ती करणी मुद्दामा ३ बर्ष कैद सजाय तोकिएको दिपायल सिलगढी न.पा.७ उडीतोला बस्ने वर्ष ४७ को राम बहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०५।३० गते सिलगढी सांफे सडक खण्डबाट पक्राउ गरेको ।


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान बरामद
२०८१-०६-०२

     कैलाली:-  कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराहा र हल्दुघाट, ऐ. ७ बेली र मनेहरा, ऐ.९ त्रीवेणीघाट, ऐ. १० जुगेडा, ऐ. १२ कम्पनि टोल, भजनि न.पा.१ गोदाबरी चोक, ऐ. ३ फडरिया र ऐ. ७ हिक्मतपुर र चर्राबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५,३१,१९७।– बराबरको प्याज, चिनी, सरप, बिस्कुट, सुर्ती, पटका, तरकारी, दाल, खानेतेल, सुटपिस, कुर्ती, गन्जी, फ्राक, मोटरसाइकलको सिट कभर, क्लोज ब्रेक कभर, हर्न, मोटरसाइकल थान-१ लगायतका सामानहरु   जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।     कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.११ चौकिसत्ता र बेलौरी न.पा. ६ हात्तिबोझा र नकैयाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,०२,६७५।– बराबरको स्टेसनरी, हाडबेयर, कस्मेटिक, साईकल, किरानाका सामान, मिठाई, जुत्ता, चप्पल, पानि नल्का ,पंखाको पाता लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८१-०६-०१

     कैलाली:- मिति २०८१।०५।३१ गते ०६:४० बजेको समयमा जिल्ला कैलाली, कैलारी गा.पा. ५ पबेराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएको अन्दाजी मूल्य रु.१,००,०००।– बराबरको फुल गुच्चा सहित धनगढी उ.म.न.पा.६ मट्यारी बस्ने बर्ष ३६ को शंकर सिंह बिष्टलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट संयुक्त खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त फुल गुच्चा र मानिस समेत नियन्त्रणमा लिएको ।    यसैगरी, मिति २०८१।०५।३१ गते जिल्ला कैलाली,  भजनी न.पा.३ ठेकीपुलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२२,१००।– बराबरको स्पिकर, स्पिकरको ज्याक तार, KYC रिमोट, USB ज्याक, पावर प्लक लगायतका सामानहरु  इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

अबैध लागू औषध (चरेश) सहित मानिस पक्राउ
२०८१-०६-०१

    डडेल्धुरा:- मिति २०८१।०५।३१ गते २०:१५ बजेको समयमा प्रहरी चौकी पोखरा, डडेल्धुराबाट खटिएको प्रहरी टोलीले जिल्ला डडेल्धुरा, अमरगढी न.पा.७ पोखरा बजारबाट सोही ठाउँ बस्ने बर्ष ३५ को तेज कैनीलाई शंका लागि चेकजाँच गर्दा ०८ ग्राम लागू औषध चरेश जस्तो  देखिने कालो पदार्थ फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।     यसैगरी, मिति २०८१।०५।३१ गते २०:१५ बजेको समयमा अस्थायी प्रहरी पोष्ट राजुल, डडेल्धुराबाट खटिएको प्रहरी टोलीले जिल्ला डडेल्धुरा, अजयमेरू गा.पा. ६ भण्डारीगाउँबाट सोही ठाउँ बस्ने बर्ष ४५ को राज सिंह भण्डारीलाई शंका लागि चेकजाँच गर्दा ४७.३४ ग्राम लागू औषध चरेश जस्तो  देखिने कालो पदार्थ फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।