अबैध भन्सार छलिका सामान बरामद
२०८१-०६-०२
- A
- A-
- A+
कैलाली:- कैलाली जिल्लाको
बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराहा र हल्दुघाट, ऐ. ७
बेली र मनेहरा, ऐ.९ त्रीवेणीघाट, ऐ. १०
जुगेडा, ऐ. १२ कम्पनि टोल, भजनि न.पा.१
गोदाबरी चोक, ऐ. ३ फडरिया र ऐ. ७ हिक्मतपुर र चर्राबाट अबैंध
रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५,३१,१९७।– बराबरको प्याज, चिनी,
सरप, बिस्कुट, सुर्ती,
पटका, तरकारी, दाल,
खानेतेल, सुटपिस, कुर्ती,
गन्जी, फ्राक, मोटरसाइकलको
सिट कभर, क्लोज ब्रेक कभर, हर्न,
मोटरसाइकल थान-१ लगायतका सामानहरु
जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती
टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- कञ्चनपुर जिल्लाको
बिभिन्न स्थानहरु भिमदत्त न.पा.११ चौकिसत्ता र बेलौरी न.पा. ६ हात्तिबोझा र
नकैयाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,०२,६७५।– बराबरको स्टेसनरी,
हाडबेयर, कस्मेटिक, साईकल, किरानाका सामान, मिठाई, जुत्ता,
चप्पल, पानि नल्का ,पंखाको
पाता लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट
खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।