अबैध भन्सार छलिका सामान बरामद
२०८१-०६-०४
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०६।०३ गतेका दिन कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ आदर्श टोल, ऐ. ३ ट्राफिक चौराहा, ऐ. १४ गडाघाट, गोदावरी न.पा.४ हनुमान मन्दिर नजिक, भजनी न.पा.३ कांडा, ऐ. ७ हिक्मतपुर, ऐ. ८ खैरा र टिकापुर न.पा. ९ पायलगाउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५,६५,८३०।– बराबरको प्याज, चिनी, मिश्री, पास्ता, धनियाँ, किसमिस, बदाम, पिनेट, बिडी, सुर्ती, खेलौना, कस्मेटिकका सामान, सुटपिस, धोती, भाँडाकुँडा, मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०६।०३ गतेका दिन कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.१७ खल्ला र बेलौरी न.पा.२ टेडुवाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,६३,५००।– बराबरको प्याज, कुर्ती, मिठाई, सुट कपडा, मल, मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।