अबैध भन्सार छलिका सामान बरामद
२०८१-०६-०६
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०६।०५ गतेका दिन कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. २ ट्राफिक चौराहा र बैँयाबेहडी, ऐ. ९ त्रीवेणीघाट, गोदावरी न.पा.१ अत्तरिया, भजनी न.पा.३ ठेकीपुल र ऐ.७ हिक्मतपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,८०,०३८।– बराबरको प्याज, चिनी, मसला, बिडी, सुर्ती, सुटपिस, थान कपडा, साडी, कुर्ती, प्लाष्टिक डोरी, प्लाष्टिक झिल्ली लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०६।०४ र ०५ गतेका दिन कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. २ भासी, ऐ.४ बसपार्क, चम्मनचोक र बसपार्क पछाडी, ऐ. १० गज्जर, ऐ. ११ बिधुत कार्यालय नजिक, बेलौरी न.पा. १० भुडा र बेलडाँडी गा.पा. ५ गड्डाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२९,२१,५९०।– बराबरको पाईन्ट, सर्ट, साडी, सुटपिस, थान कपडा, मोबायल कभर, थेरापी मेशिन, प्लाष्टिक डिब्बा, दाल, पाँपड, बिडी, सुर्ती, खानेतेल, चिनी, हार्डवेयर सामान, स्टेसनरी, कस्मेटिक, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।