अबैध भन्सार छलिका सामान बरामद
२०८१-०६-०७
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०६।०६ गतेका दिन कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ ट्राफिक चौराहा, बडहरा र त्रिनगर, ऐ.९ त्रीवेणीघाट, टीकापुर न.पा. ९ बालुवाटार बर्दगोरिया गा.पा.१ टिनबजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,२८,३४२।– बराबरको प्याज, चिनी, मसला, बिडी, सुर्ती, सरप, बदाम, किसमिस, नरिवल धुलो, मिठाई, मिलको चक्का ,मिलको बेल्ट, मोबिल, मोबिल फिल्टर, ट्याक्टरका पार्ट लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०६।०६ गतेका दिन कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु पुनर्वास न.पा.६ “ङ” गाउँ र बेलौरी न.पा.५ रामनगरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३४,६००।– बराबरको पेय पदार्थ, बिडी, सुर्ती, अण्डा, सुटपिस, कुखुराको चल्ला लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।