अबैध भन्सार छलिका सामान बरामद
२०८१-०६-०८
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०६।०७ गतेका दिन कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. २ सन्तोषी टोल, ऐ. १५ उर्मी, भजनी न.पा.७ हिक्मतपुर, ऐ. ९ भुरुवा, टिकापुर न.पा.न.पा.७ कालाकुण्डा, ऐ. ९ बालुवाटार र कैलारी गा.पा. ५ छोट्कि पलिया र ऐ. ८ पृथ्विपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६,४४,५५०।– बराबरको प्याज, चिनी, मसला, बिडी, सुर्ती, ललिपप, माछा मार्ने जाल, जुत्ता, फ्राक, फ्राकमा लगाउने जालिदार डिजाईनको पुतली, ट्याक्टरको टायर, ARB ब्यारिङ, ग्रिस, मोबिल फिल्टर, साईकल थान-२ लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट संयुक्त खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०६।०७ गतेका दिन कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु बेलौरी न.पा.६ नकैया, ऐ. ७ पौलाह, ऐ. १० भुडा र पुनर्वास न.पा.४ कारकिलडाडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४,१५,७२२।– बराबरको चिनी, पेय पदार्थ, कस्मेटिक सामान, किरानाका सामान, स्वीटर, कुर्ती, ज्याकेट, पुरानो १२ v ब्याट्री, सिल्भर, तामा, पितल, INTOX बुफर, KN LIGHT बल्ब, साईकल थान-६ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।