प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०७९-१०-२३

  • A
  • A-
  • A+
Share

कैलाली-मिति २०७९।१०।२३ गतेको दिउसो जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको प्रहरी टोलीले  धनगढी उ.म.न.पा.२ बस्ने बर्ष ३८ की गिता थापालाई चेक अनादर मुद्धामा सम्मानित कैलाली जिल्ला अदालत कैलालीको मिति ०७८।०१।०७ गतेका फैसलाले रु.५०० जरीवाना तोकीएकोले फैसला मितिबाटै फरार रहेकोमा निजलाई ऐ.ठाँउ बाट पक्राउ गरेको हो ।

     कञ्चनपुर- यसैगरि २०७९।१०।२३ गतेको दिउसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुबाट खटिई गएको प्रहरी टोलीले  जिल्ला कञ्चनपुर,भिमदत्त न.पा.३ तिलकपुर बस्ने चोरी मुद्दामा फरार प्रतिवादी सुरेश कार्कीलाई मिति ०७८।०९।२१ गते सम्मानित कञ्चनपुर जिल्ला अदालतको फैसला अनुसार २ महिना कैद र रू.२,०००।- जरिवाना भएकोले निज सोही मितिबाट भागी फरार रहेकोमा निजलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।  निजहरुलाई आवश्यक कारबाहीको लागी सम्मानित जिल्ला अदालतमा प्रहरीले पेश गरेको छ ।


सम्बन्धित समाचार
लागु औषध सहित मानिस पक्राउ
२०७९-१२-१९

कैलाली- मिति २०७९।१२।१८ गते दिउसो ईलाका प्रहरी कार्यालय लम्कीवाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली लम्की चुहा न.पा.२ गणेशपुर  बस्ने बर्ष २५ को सञ्जु शाही लागु औषध (खैरो हिरोईन) को कारोवार गरिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा ऐ.बस्ने वर्ष २४ को नविन डांगी र ऐ.ल.चु.न.पा.६ बस्ने वर्ष २३ को प्रतुष ओडलाई फेला पारी निजहरुको शरिर तथा घर कोठामा रित पुर्वक खानतलासी गर्दा निजहरुको साथवाट १ ग्राम ३ सय ६०  मिलि ग्राम लागु औषध खैरोहेरोईन फेला पारी तिनै जनालाई प्रहरीले पक्राउ गरेको हो ।यसै गरि शनिवार साझको समयमा जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थाई प्रहरी पोष्ट चटकपुरवाट संयुक्त रुपमा  खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ त्रिभुवन चोक स्थित जिल्ला कैलाली गोदावरी नगरपालिका २ बस्ने बर्ष २६  को गोबिन्द रावल र भारत पलिया बस्ने बर्ष १९ को राज सिहंलाई शंका लागि चेक जाँच गर्दा निजहरुको साथवाट १ ग्राम लागुऔषध खैरोहेरोईन फेला पारी निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । कञ्चनपुर- मिति २०७९/१२/१८ गते दिउसो ईलाका प्रहरी कार्यालय झलारीवाट खटिएको प्रहरी टोलीले जि.कञ्चनपुर शुकल्लाफाटा न.पा.११ स्थित ऐ.शुक्लाफाटा न.पा. १० झलारी बस्ने बर्ष १८ को प्रबिन भन्ने ओम प्रकाश ओलि र ऐ.न.पा.११अम्मर पुर बस्ने बर्ष १७ को राजु बोहोरालाई शंकालागि चेकजाँच गर्दा निजहरुको साथबाट ५४० मिलि ग्राम लागुऔषध खैरोहेरोईन फेलापारी निजहरुलाई समेत प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अबैध भन्सार छलिका सामान बरामद
२०७९-१२-१८

कञ्चनपुर- मिति २०७९/१२/१७ गते बिहान ईलाका प्रहरी कार्यालय झलारीवाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनुर शुकल्लाफाटा न.पा.११ कलुवापुर स्थित कलुवापुर बेलौरी सडक खण्डमा जिल्ला दार्चुला लेकम गा.पा. १ बस्ने बर्ष ३४ को अम्वा दत्त भट्टले चलाएको ना.४ ख. ४०२७ नम्बरको बसमा भन्सार छलि गरी ल्याएको ५० किलोका २० कट्टा चिनी फेला पारी  चिनीको अ. मूल्य रु ७०,०००।- र बसको अ.मुल्य रु ७,००,०००।- गरी जम्मा अ.मुल्य रु. ७,७०,०००।-  बराबरको बस सहित प्रहरीले नियन्त्रणमा लिएको हो । चिनी र बस सहित आवश्यक कार्वाहीको लागि प्रहरीले भन्सार कार्यालय गड्डाचौकी महेन्द्रनगर बुझाएको हो ।

लागुऔषध सहित मानिस पक्राउ
२०७९-१२-१८

कैलाली- मिति २०७९।१२।१७ गते बेलुका जिल्ला प्रहरी कार्यालय कैलालीवाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालका २ त्रिनगर भन्सार नजिक जिल्ला कैलाली गोदावरी नगरपालिका  १० बस्ने बर्ष २२  को अजबिन चौधरी  र ऐ.ऐ बस्ने बर्ष १९  को सगुन चौधरीलाई शंका लागी चेकजाँच गर्ने क्रममा निजहरुको साथवाट ८०० मिलि ग्राम लागु औषध खैरोहेरोईन सहित दुवै जनालाई प्रहीले पक्राउ गरेको हो ।  यसै गरी शुक्रबार बेलुकी तिर सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान समुह धनगढी, ईलाका प्रहरी कार्यालय भजनी र ईलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको संयुक्त गस्ती टोलीले जिल्ला कैलाली भजनी न.पा. ७ चर्रा स्थित ऐ.ऐ. बस्ने बर्ष २३ को ईन्द्र बहादुर कठरियालाई संका लागी चेकजाँच गर्ने क्रममा निजको साथबाट ३३ ग्राम (तेत्तिस ग्राम ) ला.औ. खैरोहेरोईन फेला पारी निजलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।