प्रतिवन्धित औषधी सहित मानिस पक्राउ
२०८१-०६-०९
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०६।०८ गते १८:०० बजेको समयमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी उमनपा २ बैयावेहडी चोक स्थित जिल्ला कञ्चनपुर, वेदकोट न.पा. ५ बस्ने बर्ष २३ को दिपक राज जोशीले सञ्चालन गरेको केयर फस्ट फर्मेसीबाट प्रतिबन्धित औषधी ट्रामाडोल २१ ट्याब्लेट बिक्रि वितरण गरी रहेको अवस्थामा फेला पारि उक्त औषधि र निजलाई समेत नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।