अबैध भन्सार छलिका सामान बरामद
२०८१-०६-१०
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०६।०९ गतेका दिन कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. १ एलएनचोक, ऐ. ३ मिलनचोक, ऐ. १२ “ए” गाँउ र गोदावरी न.पा.४ हनुमान मन्दिर नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,४३,०५०।– बराबरको प्याज, चिनी, पस्ता, साबुन, बिडी, किरानाका सामान, सुर्ती, लेहेङ्गा, कुर्ती, जेन्स कुर्ता पाईजा लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट संयुक्त खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०६।०९ गतेका दिन कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ९ ब्रम्हदेब, ऐ. ११ भुजेला, बेलौरी न.पा. १० भुडा दोधारा चाँदनी न.पा.१० कुटियाकभर र बेलडाँडी गा.पा. ४ कान्छी बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,११,६९०।– बराबरको चिनी, खानेतेल, पेय पादार्थ, सरप, बिडी, सुर्ती, खेलौना, वाईरिङ तार, केबुल तार, नम्किन, बिस्कुटलगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।