प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ

२०८१-०६-११

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८१।०६।१० गते १६:३० बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.३ चौकिडाडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएको अन्दाजी मूल्य रु.५,०३,९८०।– बराबरको साडी, टि-सर्ट, कुर्ती, प्लाजु, पाईन्ट, क्रिकेट ब्याग, थान कपडा, स्टापलर, मारकर, पेन्सिल कलर, चाबी गुच्छा, टिपेक्स, Sport shoes  लगायतका सामानहरु सहित जिल्ला कञ्चनपुर, बेतकोट न.पा.६ बस्ने बर्ष २८ को देब राज भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको ।

     यसैगरी,  मिति २०८१।०६।१० गतेका दिन कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. ३ बडरा र  ३ ट्राफिक चौराहबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६९,२५०।– बराबरको प्याज, चिनी, मिश्री, मिठाई, पस्ता, काजु, किसमिस, ज्वानो, सरप, दाल, पाप्पड, तिलको तेल  लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

    कञ्चनपुर:- मिति २०८१।०६।१० गतेका दिन कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ४ बसपार्क, ऐ. ११ भन्सार कार्यालय नजिक, बेदकोट न.पा. १० चम्फापुर र बेलौरी न.पा.१ सिसमघारीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,५७,३३०।– बराबरको प्याज, चिनी, मिश्री, पेय पदार्थ, नमकिन, हार्डवेयरका सामान, कस्मेटिकका सामान, ट्याक्टरको क्लोज प्लेट लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।