प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित ३ जना किशोर पक्राउ

२०८१-०६-११

  • A
  • A-
  • A+
Share

     कञ्चनपुर:- मिति २०८१।०६।१० गते १८:४५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र अस्थायी प्रहरी पोष्ट मझगाउँबाट संयुक्त खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १७ मझगाउबाट जिल्ला कञ्चनपुर, ऐ. १५  बस्ने एक जना १८ बर्षिय किशोर र ऐ.१८ बस्ने दुई जना किशोर गरी ३ जना किशोरहरुलाई ०.९६ ग्राम लागू औषध खैरो हेरोइन जस्तो  देखिने धुलो पदार्थ र निजहरु सवार म २ प ४२०८ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।