फरार प्रतिवादी पक्राउ
२०८१-०६-११
- A
- A-
- A+
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८०।०९।१२ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १ बर्ष ७ महिना २५ दिन कैद सजाय तोकिई फरार रहेको बेलौरी न.पा.२ बस्ने ३८ को सुर्य बहादुर चौधरीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०६।१० गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।