अबैध भन्सार छलिका सामान नियन्त्रण
२०८१-०६-१२
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८१।०६।११ गतेका दिन कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. २ भासी, ऐ. ४ ट्राफिक चोक, ऐ. १७ मझगाँउ, बेदकोट न.पा.१ चम्पापुर, दोधारा चाँदनी न.पा.१ पक्की पुल, र बेलडाँडी गा.पा.३ बलराम टोलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५,१८,०००।– बराबरको प्याज, चिनी, पेय पदार्थ, खानेतेल, धनियाँ, नरिवल, काजु, मौदा, दाल, किरानाका सामान, PENDOAL CAICUM औषधी, लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।