अबैध भन्सार छलिका सामान बरामद
२०८१-०६-१३
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०६।१२ गतेका दिन कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. ३ मिलन चोक र चटकपुर, गोदावरी न.पा.२ तेघरी, गौरीगंगा न.पा.६ वनबेहडा, भजनी न.पा.९ भुरुवा र टीकापुर न.पा.६ वेलुवाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,५४,७४५।– बराबरको प्याज, चिनी, बिडी, सुर्ती, सरप, साबुन, सुटपिस, कुर्ती, जुत्ता, चप्पल, टर्चलाईटको ब्याट्री लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट संयुक्त खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०६।१२ गतेका दिन कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. २ भासी, बेलौरी न.पा.२ खैरेनीचोक र पुनर्वास न.पा.१० भिमबस्तीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,६३,९०५।– बराबरको चिनी, सुर्ती, पेय पदार्थ, दरी कपडा, ट्याक्टरको ब्याट्री लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।