प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०६-१३

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८१।०६।१२ गते १५:०० बजेको समयमा  जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१७ पथरीयाबाट सोही ठाउँ बस्ने बर्ष २३ को पप्पु रानालाई १३० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो  देखिने धुलो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।

     यसैगरी, मिति २०८१।०६।१२ गते १५:२५ बजेको समयमा  जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१५ कनरीबाट सोही ठाउँ बस्ने बर्ष २४ को नबिन चौधरीलाई २९० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो  देखिने धुलो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।

     यसैगरी, मिति २०८१।०६।१२ गते २०:०० बजेको समयमा  इलाका प्रहरी कार्यालय चौमाला, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, गौरीगंगा न.पा.१ चौमाला बजारबाट सोही ठाउँ बस्ने बर्ष २९ को हर्क बहादुर भाटलाई ५० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो  देखिने धुलो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।

     बाजुरा:- मिति २०८१।०६।१२ गते २०:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले जिल्ला बाजुरा, बडिमालिका न.पा.८ मार्तडी गौडाबाट सोही ठाउँ बस्ने बर्ष ३७ की मागी धामीले आफ्नै घरभित्र लुकाई छिपाई राखेको अवस्थामा ५८.२ ग्राम लागू औषध चरेश जस्तो  देखिने कालो पदार्थ सहित फेला पारि रीत पुर्वक नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।