अबैध भन्सार छलिका सामान बरामद
२०८१-०६-१४
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०६।१३ गतेका दिन कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. ३ ट्राफिक चौहारा, ऐ. ४ बसपार्क र टीकापुर न.पा.९ बालुवाटारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,३०,०२०।– बराबरको चिनी, नरिवल, बिडी, सुर्ती, खानेतेल, चक्लेट, पेन्ट, हेलोजन लाईट बल्ब, चेन स्पाकेट, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०६।१३ गतेका दिन कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. १७ मझगाँउ र बेलौरी न.पा.१ फटैयाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३८,९६०।– बराबरको पेय पदार्थ, मोबिल, सुटपिस, लुकिङ ग्लास, ईन्जनमा हाल्ने तेल, बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।