फरार प्रतिवादी पक्राउ
२०८१-०६-१४
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०६।१३ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
१. लागू औषध मुद्दामा २५ दिन कैद सजाय तोकिएका धनगढी उ.म.न.पा.२ सन्तोषी टोल बस्ने बर्ष २८ को यज्ञ बहादुर ओली र बर्ष २४ को सुरेश बहादुर ओली ।
२. चोरी मुद्दामा १ महिना ३ दिन कैद सजाय र रु.३०,०००।– जरिवाना तोकिएको घोडाघोडी न.पा.१० पहलमानपुर बस्ने बर्ष २२ को लोकेन्द्र बम ।
३. चेक अनादर मुद्दामा रु.१,०००।– जरिवाना तोकिएका धनगढी उ.म.न.पा.१ पुष्पलाला चोक बस्ने बर्ष ४८ को ज्ञानेन्द्र गुप्ता र बर्ष ४६ की छाया गुप्ता ।