अबैध भन्सार छलिका सामान बरामद
२०८१-०६-१६
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०६।१५ गतेका दिन कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. १ कटान पुल नजिक, ऐ. २ बैयाबेहडी र ट्राफिक चौराह, ऐ. ३ मिलनचोक, ऐ. ४ बसपार्क, ऐ. ८ धनगढीगाँउ, भजनी न.पा. ७ नया बस्ती, ऐ. ९ पहलमान, टीकापुर न.पा.९ पायलगाउ र जोशीपुर गा.पा.४ लक्कडमन्डीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४,५४,०४०।– बराबरको प्याज, चिनी, मिश्री, मिठाई, पेय पदार्थ, बिडी, सुर्ती, सुपारी, कपडा सिलाउने मेसिन, प्लाष्टिक झिल्ली, सुटपिस, लेहंगाङ, कुर्ती लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०६।१५ गतेका दिन कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु बेलौरी न.पा.६ बैशाखी र ऐ.७ पौलाहाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,७२,४९०।– बराबरको चिनी, सुटपिस, चप्पल, जुत्ता, साडी, बिडी, सुर्ती, प्लाष्टिक डोरी, मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।