फरार प्रतिवादी पक्राउ
२०८१-०६-१७
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०६।१६ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
१. लागू औषध मुद्दामा १० महिना ९ दिन कैद सजाय र रु.५,०००।- जरिवाना तोकिएको धनगढी उ.म.न.पा. १ बस्ने बर्ष ५२ को लक्ष्मी प्रसाद गुरागाई ।
२. बन मुद्दामा रु.१३,१५०।- जरिवाना तोकीएको धनगढी उ.म.न.पा.२ सन्तोषी टोल बस्ने बर्ष ४६ को लाल सिह ऐर ।
३. चोरी मुद्दामा रु.२०,०००।– जरिवाना तोकिएको घोडाघोडी न.पा.११ बस्ने बर्ष २५ को रमेश कठरीया ।