अबैध भन्सार छलिका सामान बरामद
२०८१-०६-१८
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०६।१७ गतेका दिन कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. ४ बसपार्क, ऐ. १५ उर्मी, भजनी न.पा.९ पहलमान, टीकापुर न.पा.८ डाडाबोझी र जोशीपुर गा.पा.३ फाडियाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,३५,६४७।– बराबरको प्याज, चिनी, चामल, मसला, सुर्ती, सुटपिस, जुत्ता, सिल्भर डिब्बा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०६।१७ गतेका दिन कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ४ बसपार्क र बेदकोट न.पा.१ चम्फापुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,६१,६००।– बराबरको चिनी, मिश्री, बिडी, चुरा, कुर्ती, खेलौना, गाडीका स्टिकर रोल, गाडीको स्प्रिङ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।