फरार प्रतिवादी पक्राउ
२०८१-०६-१८
- A
- A-
- A+
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०७१।०१।२२ गतेको फैसलाले कर्तब्य ज्यान मुद्दामा ५ बर्ष कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.१० बिकाशबस्ति बस्ने बर्ष ३५ को बल्लु राना लाई मिति २०८१।०६।१७ गते इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजकै घर ठेगानाबाट पक्राउ गरेको ।