अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८१-०६-२०
- A
- A-
- A+
कैलाली:- मिति २०८१/०६/१९ गते ०९:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. २ आदर्श टोल, टीकापुर न.पा.८ श्रीलंका स्थित सडकखण्ड र टीकापुर न.पा.९ पायलबाट अबैंध भन्सार छलि गरि ल्याएका धोती, सुटपिस, साडी, साइकल लगायतका अन्दाजी मूल्य रु. ६,१५,५००।- बराबरको सामानहरु सुदूर-पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति ०८१।०६।१९ गतेका दिन कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु दोधारा चाँदनी न.पा.१ पक्की पुल, भिमदत्त न.पा.९ तुमणानी र पुनर्वास न.पा.११ डोके बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५०,०५०।– बराबरको बिडि,कुरकुरे, बिस्कुट, कापी ,प्याज, चिनि, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।