अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८१-०६-२१
- A
- A-
- A+
कैलाली :- मिति २०८१/०६/२० गते १९:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ ट्राफिक चोक र धनगढी उ.म.न.पा. ३ बोराडाडी चोकबाट अबैंध भन्सार छलि गरि ल्याएका सोडा, प्याज, साडी, स्याम्पु, दाँत माझ्ने ब्रस, टिसट, जुता लगायतका अन्दाजी मूल्य रु. ४३,६३०- बराबरको सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको ।
कञ्चनपुर :- मिति २०८१।०६।२० गते कञ्चनपुर जिल्लाको भिमदत्त न.पा.-१० जिमुवा र दोधारा चाँदनी न.पा.१ पक्की पुलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,२४,२४०।- बराबरको सुट, ब्लाङ्केट, कपडा, हाडवेयर,काजु,बदाम, बिडी, सुर्ती,जोली (चकलेट) लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
डडेल्धुरा :- मिति २०८१।०६।२० गते १४:५० बजे जिल्ला डडेल्धुरा, पर्शुराम न.पा. ६ वांघाट स्थित जंगलमा भारतबाट भन्सार छलि गरि ल्याएका अटो पार्ट्सका समान र बिडीं लगायतका अन्दाजी मूल्य रु. २,६४,५३१.२०/- बराबरको सामानहरु जिल्ला प्रहरी कार्यालय डडेल्धुरा मातहतबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको ।