प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस पक्राउ

२०८१-०६-२१

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८१।०६।२० गते १८:०० बजेको समयमा जिल्ला कैलाली, बर्दगोरिया गा.पा.-२ बौनिया बजारमा सवारी चेक-जाँचको क्रममा से१ख ११८८ नम्बरको बसमा सवार जिल्ला कैलाली, घोडाघोडी न.पा.-७ बस्ने बर्ष २५ को अर्जुन बि.क. र ऐ. गौरिगंगा न.पा.-७ बस्ने बर्ष २६ कि निशा चौधरीलाई शंका लागि चेकजाँच गर्दा निशा चौधरीको साथबाट लागु औषध (चरेश) जस्तो देखिने कालो पदार्थ तौल २०.५० ग्राम बरामद गरि उक्त पदार्थ सहित निजहरु दुबै जनालाई इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।

     कञ्चनपुर:- २०८१।०६।२० गते २१:३० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.-६ खैरानाबाट जिल्ला कैलाली, धनगढी उ.म.न.पा.-१३ बस्ने १६ बर्षिय किशोर १ जना र ऐ.ऐ. बस्ने १८ बर्षिय किशोर १ जनालाई शंका लागी चेकजाँच गर्दा १६ बर्षिय किशोरको साथबाट शुद्ध तौल १.९ ग्राम लागु औषध (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थ बरामद गरि उक्त पदार्थ सहित निजहरु दुबै जनालाई इलाका प्रहरी कार्यालय बेलौरी, कंचनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।