प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना मृत्यु , घाइते

२०८१-०६-२२

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८१।०६।२१  गते जिल्ला कैलाली, गोदावरी न.पा.१ मनहरा स्थित जि.कञ्चनपुर कृष्णपुर न.पा.१ बस्ने बर्ष ४० को भरत भाटले चलाएको सु.प.प्र.०१००८प. ८९९७ नं.को मो.सा.आफै अनियन्त्रित भई पल्टिदा मो.सा.चालकको टाउको हात खुट्टामा चोट लागि अबस्था सिरियस, मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने बर्ष १७ की अनिसा भाटको हात खुट्टामा चोट लागि घाईते भई उपचारको लागि माया मेट्रो अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा २३;०५ बजे भरत भाटको मृत्यु भएको, मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको ।


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।