प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

२०८१-०६-२२

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८१।०६।२१ गते वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरी टोलीले जुवा तास खेलिरहेको अवस्थामा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१३ श्रीलंका स्थित जंगलबाट जिल्ला बैतडी, सुर्नाय गा.पा.२ बस्ने बर्ष ३४ को करन बिष्ट समेत ६ (छ) जना, नगद रु.१,८९,९२०/-, २ मोटर साईकल र ६ गड्डी तास सहित नियन्त्रणमा लिएको, सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको । 

      कञ्चनपुर:- मिति २०८१।०६।२१ गते इलाका प्रहरी कार्यालय झलारी कंचनपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा. ७ कालापानी स्थित मान सिंह ठगुन्नाले संचालन गरेको धामी कटेजमा जुवा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने बर्ष २४ को बिपिन सिंह समेत ९ (नौ) जना, नगद रु.८१,४६०।- र ३ गड्डी तास सहित नियन्त्रणमा लिएको, सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको । 


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।