प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ

२०८१-०६-२३

  • A
  • A-
  • A+
Share

      कैलाली :- मिति २०८१/०६/२२ गते जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ मिलनचोक, ऐ.वडा. नं. ७ बेली, टीकापुर न.पा.९  पायल र गोदावरी न.पा.१ महेन्द्रनगररोड गोदावरी पुल नजिकबाट अबैंध भन्सार छलि गरि ल्याएका सुपरपावर सुर्ति, पटाका, सिलाउने मेकानिकल पेनसिल, पर्दाको कपडा, लेमिनेसन कागज, जेल रिफिल र मेसिन लगायतका अन्दाजी मूल्य रु २,७५,७९०।- बराबरको सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको ।

       कञ्चनपुर :-  मिति २०८१।०६।२२ गते कञ्चनपुर जिल्लाको भिमदत्त न.पा.- ११ चौकीसत्ता, बेलौरी न.पा.२ टेडुवा र पुनर्वास न.पा.६”ङ” गाँउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १०,४८,८६२।- बिउ बिजन, हसिया, ग्रिसम, मोबिल, हार्डवेयरका सामान, चिनी, डिउ नामक पेय पदार्थ ,सुट लगायत कपडा, हार्डवेयर, कस्मेटिकका सामान लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

      दार्चुला :- मिति २०८१।०६।२२ गते जिल्ला दार्चुला, नौगाड गा.पा.-४ घर भई हाल ऐ. महाकाली न.पा.४ भगवती टोल स्थित अमित किराना तथा थोक पसल संचालन गर्दे आएको देबेन्द्र सिंह ठगुन्नाको पसलमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले रीतपुर्वक खानतलासी गर्दा बिल नभएका भारतबाट भन्सार छलि गरि ल्याएका पिठो, चामल, मार्कोनिक चिनी, सोयबिन, तेल, रिफाइन्ड तेल, बिंडी, चाउमिन, त्रिपाल, सलाई लगायतका अन्दाजी मूल्य रु. रु.८६,२९० ।- बराबरको सामानहरु फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।