प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस पक्राउ

२०८१-०६-२३

  • A
  • A-
  • A+
Share

       कैलाली:- मिति २०८१।०६।२२ गते जिल्ला कैलाली, गौरीगंगा न.पा.७ लहानुचोक स्थित दिपक धामीको खाली घरको कोठामा शंकास्पद रुपमा बसिरहेका अवस्थामा चेक-जाँचको क्रममा ऐ.वडा नं. ८ बस्ने बर्ष  २६ को रुपेन्द्र कलेल र ऐ. लिक्मा बस्ने बर्ष २६ को पदम बहादुर कलेलले सोही कोठामा लुकाई छिपाई राखेको २ ग्राम ३५१ मिलिग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र नाप तौल गर्ने तराजु बरामद गरी उक्त पदार्थ सहित निजहरु दुबै जनालाई इलाका प्रहरी कार्यालय सडकपुर बौनिया कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।

     कञ्चनपुर:- मिति २०८१।०६।२२ गते जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.१० झलारी स्थित पूर्ब-पश्चिम राजमार्गबाट ऐ.न.पा. ६ कसरौल बस्ने बर्ष २५ को रमेश खातीलाई शुद्ध तौल २ ग्राम १६ मिलिग्राम चरेश जस्तो देखिने कालो पदार्थ सहित इलाका प्रहरी कार्यालय झलारी, कंचनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।





सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।