भन्सार छलि
२०८१-०६-२८
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०६।२७ गते कैलाली जिल्लाको गोदावरी न.पा.१ धनगढी रोड स्थित पदमा अस्पताल अत्तरिया नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु ८,१४,०००/- (आठ लाख चौध हजार मात्र) बराबरका Android मोबाईलको कभर र I-Phone ग्लास लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली र इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।