प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस पक्राउ

२०८१-०६-२८

  • A
  • A-
  • A+
Share

    कैलाली:-  मिति २०८१/०६/२७ गते २३:३० बजे धनगढी उ.म.न.पा.५ शिवनगरबाट ऐ. बस्ने बर्ष २४ को प्रकाश बोगटी र बर्ष २८ को कमल कार्कीलाई शुद्ध तौल ४० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।

    दार्चुला:- मिति २०८१।०६।२७ गते १४:२० बजे महाकाली न.पा.४ राधाकृष्ण चोक स्थित ऐ. दुँहु गा.पा.२ हिकिला वस्ने वर्ष अं.४४ को कलम सिंह डडालले संचालन गरेको पारस वियर वार एण्ड फाष्ट फुड होटलमा लागु औषध चरेसको कारोवार भइरहेको छ भनि गोप्य सुचनाको आधारमा निज कलम सिंह डडालको होटलमा खानतलासी गर्दा कलम सिंह डडालको पाइन्टको खल्तिबाट लागु औषध चरेस जस्तो देखिने कालो पदार्थ जम्मा सुद्ध ६३.८६ मिलिग्राम लागु औषध चरेस जस्तो देखिने पदार्थ फेला पारी नियन्त्रणमा लिई रीतपुर्वक बरामद गरी निजहरुलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।

   दार्चुला :- मिति २०८१।०६।२७ गते १४:२० बजे जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा  जिल्ला दार्चुला, महाकाली न.पा.४ राधाकृष्ण चोकमा ऐ. दुँहु गा.पा.२ हिकिला वस्ने कलम सिंह डडालले संचालन गरेको पारस वियर वार एण्ड फाष्ट फुड होटलमा अनुगमन गर्दा शुद्ध तौल ५३.४ ग्राम लागु औषध चरेस फेला पारि उक्त पदार्थ सहित होटल संचालक कलम सिंह डडाललाई पक्राउ गरिएको र ऐ.१९:०० बजेको समयमा ऐ.महाकाली न.पा. वडा न. ४ विधानगर टोल स्थित निज कलम सिह डडालको घर कोठामा खानतलासी गर्दा थप १० ग्राम ४६ मिलिग्राम लागु औषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारी रीतपुर्वक बरामद गरि नियन्त्रणमा लिएको, सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।




सम्बन्धित समाचार
अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-१७

 कैलाली:-  मिति २०८२।०३।१६ गते १७:५५ बजेको समयमा जिल्ला कैलाली, घोडाघोडी न.पा.१ सुखड स्थित श्री पञ्चकोशी होटल एण्ड रेष्टुरेण्टबाट  जिल्ला हुम्ला, सर्केगाड गा.पा.५ बस्ने बर्ष ३२ को लोकेन्द्र बहादुर शाही,  बर्ष २७ को सालु शाही र सोही केसमा संलग्न ऐ. भजनिरोड स्थित सिटिजन बैङ्क नजिकबाट जिल्ला रोल्पा, सुनछहरी गा.पा.३ बस्ने बर्ष ३२ की पुर्णिमा पुन मगरलाई गोप्य सुचनाको आधारमा २ किलो ७ सय १४ ग्राम अफिम जस्तो देखिने  अर्ध तरल पदार्थ फेलापारी उक्त पदार्थ सहित निजहरु तिनै जनालाई इलाका प्रहरी कार्यलय सुखड, कैलाली, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।        

फरार प्रतिबादी पक्राउ
२०८२-०३-१६

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०३।१५ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१. सवारी ज्यान मुद्दामा १ महिना कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.६ बस्ने बर्ष २७ को रबिन चौधरीलाई जिल्ला कैलाली, गोदावरी न.पा.३ चौकीडाडाबाट पक्राउ गरेको ।  २. चोरी मुद्दामा १ महिना १७ दिन कैद सजाय र रु. १०,०००।– जरिवाना तोकिएको जिल्ला कैलाली, घोडाघोडी न.पा.११ जबलपुर बस्ने बर्ष ३८ को बिजय कठरियालाई निजकै घर ठेगानाबाट पक्राउ गरेको ।   

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०३-१६

      कैलाली:- मिति २०८२।०३।१५ गते १६:०० बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा.९ बालुवाटार स्थित सडक खण्डबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३०,३००।– बराबरको डोर म्याट, म्याट, उनि म्याट लगायतका सामानहरु इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।         कञ्चनपुर:- मिति २०८२।०३।१५ गते २२:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ५ शुकासालबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,००,५००।- बराबरको खाद्यान्न, कस्मेटिक, किराना लगायतका सामानहरु अस्थायी प्रहरी विट सुकासाल, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।