प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस पक्राउ

२०८१-०६-२८

  • A
  • A-
  • A+
Share

    कैलाली:-  मिति २०८१/०६/२७ गते २३:३० बजे धनगढी उ.म.न.पा.५ शिवनगरबाट ऐ. बस्ने बर्ष २४ को प्रकाश बोगटी र बर्ष २८ को कमल कार्कीलाई शुद्ध तौल ४० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।

    दार्चुला:- मिति २०८१।०६।२७ गते १४:२० बजे महाकाली न.पा.४ राधाकृष्ण चोक स्थित ऐ. दुँहु गा.पा.२ हिकिला वस्ने वर्ष अं.४४ को कलम सिंह डडालले संचालन गरेको पारस वियर वार एण्ड फाष्ट फुड होटलमा लागु औषध चरेसको कारोवार भइरहेको छ भनि गोप्य सुचनाको आधारमा निज कलम सिंह डडालको होटलमा खानतलासी गर्दा कलम सिंह डडालको पाइन्टको खल्तिबाट लागु औषध चरेस जस्तो देखिने कालो पदार्थ जम्मा सुद्ध ६३.८६ मिलिग्राम लागु औषध चरेस जस्तो देखिने पदार्थ फेला पारी नियन्त्रणमा लिई रीतपुर्वक बरामद गरी निजहरुलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।

   दार्चुला :- मिति २०८१।०६।२७ गते १४:२० बजे जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा  जिल्ला दार्चुला, महाकाली न.पा.४ राधाकृष्ण चोकमा ऐ. दुँहु गा.पा.२ हिकिला वस्ने कलम सिंह डडालले संचालन गरेको पारस वियर वार एण्ड फाष्ट फुड होटलमा अनुगमन गर्दा शुद्ध तौल ५३.४ ग्राम लागु औषध चरेस फेला पारि उक्त पदार्थ सहित होटल संचालक कलम सिंह डडाललाई पक्राउ गरिएको र ऐ.१९:०० बजेको समयमा ऐ.महाकाली न.पा. वडा न. ४ विधानगर टोल स्थित निज कलम सिह डडालको घर कोठामा खानतलासी गर्दा थप १० ग्राम ४६ मिलिग्राम लागु औषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारी रीतपुर्वक बरामद गरि नियन्त्रणमा लिएको, सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।




सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।