अबैध भन्सार छलिका सामान बरामद
२०८१-०६-३०
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०६।२९ गतेका दिन कैलाली जिल्लाको बिभिन्न स्थानहरु भजनी न.पा.३ जसबहादुर घाट र कैलारी गा.पा. ५ बड्की पलियाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८२,९५०।– बराबरको बिडी, चियापत्ती, पाउडर, प्लाष्टिक झिल्ली, बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०६।२९ गतेका दिन कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. २ काङ्ला पुल, ऐ. ५ सुकासाल, बेलौरी न.पा. १ सिसमझारी, दोधारा चाँदनी न.पा.१० कुतियाकभर र बेलडाँडी गा.पा.५ झिलमिलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,६८,२८०।– बराबरको प्याज, चिनी, खानेतेल, मिठाई, खानेतेल, पेय पदार्थ, अण्डा, कुरकुरे, बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।