फरार प्रतिवादी पक्राउ
२०८१-०७-०१
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०६।३० गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
१. ज्याम मार्ने उद्योग मुद्दामा २ बर्ष ५ महिना ३ दिन कैद सजाय र रु.२५,०००।- जरिवाना तोकिएको धनगढी उ.म.न.पा. १६ बस्ने बर्ष २७ को धर्म सिह बोहरा ।
२. चोरी मुद्दामा १ महिना कैद सजाय र रु.४५,८००।- जरिवाना तोकिएको गोदावरी न.पा.८ बस्ने बर्ष ३५ को गंगाराम चौधरी ।
३. चोरी मुद्दामा २३ दिन कैद सजाय र रु.४,०००।- जरिवाना तोकिएको गोदावरी न.पा. १ बस्ने बर्ष २५ को बिनित बडु ।