फरार प्रतिवादी पक्राउ
२०८१-०७-०२
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले सवारी ज्यान मुद्दामा २ बर्ष ११ महीना १६ दिन कैद सजाय र रु.३२,०००।- (बत्तिस हजार) जरिवाना तोकिएको भजनी न.पा.५ क्रमदेब बस्ने बर्ष ३१ को रुकेश डगौरालाई इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०७।०१ निजकै घर ठेगानाबाट पक्राउ गरेको ।