अबैध भन्सार छलिका सामान बरामद
२०८१-०७-०३
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०७।०२ गतेका दिन कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. ३ सिसा पोष्ट र भजनी न.पा ७ हिक्मतपुर घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६३,१४०।– बराबरको चिनी, सुजी, खानेतेल, डाल्डा, सेन्ट, कडाई, मिक्चर, खेलौना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०७।०२ गतेका दिन कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.२ भासी, ऐ. ९ जमुना घाडी र बेलौरी न.पा.६ भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,१२,२८५।– बराबरको चिनी, पेय पदार्थ, दाल, सरप, बिस्कुट, ब्याट्री, सुटपिस, सर्ट, टि-सर्ट, पाईन्ट, चप्पल, कुखुराका चल्ला लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।