फरार प्रतिवादी पक्राउ
२०८१-०७-०३
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०७।०२ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
१. सवारी ज्यान मुद्दामा २ महिना २ दिन कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १३ झलारी बस्ने बर्ष ३२ को गोपाल राना ।
२. बिना इजाजत वन पैदावार ओसारपसार मुद्दामा रू.१२,८२०।– जरिवाना तोकिएको जिल्ला कैलाली, जोशीपुर गा.पा. ६ सिमरी बस्ने बर्ष ४२ को आशिष कठरीया ।