अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०७-०४
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०७।०३ गते १९:४५ बजेको समयमा गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, भजनी न.पा.१ गोदाम टोलबाट सोही ठाउँ बस्ने बर्ष २० को शुसील साउद र बर्ष २७ को बिरेन्द्र बिष्टलाई ४ ग्राम ५१० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।०७।०३ गते १४:०० बजेको समयमा प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ रोड हाउस क्याफे नजिक बालाराम बाजुरा होटलबाट जिल्ला बैतडी, पाटन न.पा.१ बस्ने बर्ष २५ की अस्मिता बोहरालाई २२ ग्राम ८४० मिलिग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।