फरार प्रतिवादी पक्राउ
२०८१-०७-०४
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०७।०३ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
१. लागू औषध मुद्दामा १ महिना कैद सजाय र रु.१५,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, टीकापुर न.पा.३ कटानपुर बस्ने बर्ष १९ को समिर चौधरी ।
२. बन मुद्दमा रु.४४,२८८।– जरिवाना तोकिएको जिल्ला कैलाली, गोदाबरी न.पा.२ बस्ने बर्ष ५५ को पदम बहादुर जोरा ।