अबैध भन्सार छलिका सामान बरामद
२०८१-०७-०५
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०७।०४ गतेका दिन कैलाली जिल्लाको बिभिन्न स्थानहरु टोलीले गौरीगंगा न.पा.१ चौमाला र टीकापुर न.पा.४ अस्नेरीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,२५,१००।– बराबरको प्याज, चिनी, बिडी, सुर्ती, खानेतेल, चक्लटे लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०७।०४ गतेका दिन २०:३० बजेको समयमा भिमदत्त न.पा.१० गज्जरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७४,०००।– बराबरको कुर्ता सुरवाल, साडी, पेटिकोटको कपडा लगायतका सामानहरु प्रहरी चौकी जिमुवा, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।