अबैध भन्सार छलिका सामान बरामद
२०८१-०७-०७
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०७।०६ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ फनपार्क नजिक, ऐ. ४ पुरानो भन्सार रोड, ऐ. १० जुगेडा, ऐ. १९ बहुलियाघाट, भजनी न.पा.३ पिरनी, टीकापुर न.पा.८ श्रीलंका, ऐ. ९ बालुवा स्थित सडक खण्ड र गौरीगंगा न.पा.४ राजीपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४,३४,९२८।– बराबरको प्याज, चिनी, सुर्ती, मसला, मोवाईलको ग्लास, मोवाईलको कभर, मोबाईलको डिस्प्ले, प्लास्टिकका भाडा, स्टिलका कप ,कचौरा, चिया छान्नि , ग्याँस चुलो, पानी तान्ने मोटर, बोइलर कुखुरा, मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०७।०६ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.१० भन्सार कार्यालय नजिक, ऐ. १७ मझगाउ, साईबा, दोधारा चाँदनी न.पा.६ संगम चोक र पुनर्वास न.पा.४ कार्गिलडाडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८९,५१०।– बराबरको प्याज, चिनि, गुड, सुटपिस, पटाका, आलु, मटर, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
बैतडी:- मिति २०८१।०७।०६ गते १९:०० बजेको समयमा दशरथचन्द न.पा.१० अदर पिण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३२,१२५।– बराबरको चिनि, मिस्री, गुड, खानेतेल, चना, जिरा, बिडी, बेशन, मिठाई लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
दार्चुला:- मिति २०८१।०७।०६ गतेका दिन दार्चुला जिल्लाको बिभिन्न स्थानहरु महाकाली न.पा.४ बसपार्क र मालिकार्जुन गा.पा.१ मेलखेतबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४०,६९५।– बराबरको चिनी, मिश्री, खानेतेल, बिस्कुट, मिठाई, बिडी लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय दार्चुला र प्रहरी चौकी दत्तु, दार्चुलाबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।