प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ

२०८१-०७-०८

  • A
  • A-
  • A+
Share

        कैलाली:- मिति २०८१।०७।०७ गते ०८:३० बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा.८ बटनपुर स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,९०,८५०।– बराबरको बिडी, सुर्ती, बिभिन्न कम्पनिका जुत्ता, चप्पल, माला तथा निजहरुले प्रयोग गरेको साइकल थान-६ सहित भारत जिल्ला लखिमपुर खिरी तिकुनिया गाउँ बस्ने बर्ष ३० को गुल्ला सिह, बर्ष ४५ को इब्राहिम खान, बर्ष २१ को सुसिल कुमार, बर्ष २६ को अमिल खान, बर्ष २५ को समिर खान, बर्ष २६ को साहिल खान सहित ६ जना जना मानिसहरुलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त सामान र  निजहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सत्तिमा बुझाएको  ।

      यसैगरी,  कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराहा, ऐ. ३ ट्राफिक चौहारा र सिसा पोष्ट, ऐ. ४ बसपार्क, ऐ. ९ त्रिबेणीघाट, ऐ. १२ जुगेडा र कम्पनि टोल, ऐ. १४ गाउँघाट, ऐ.१५ कनरीको जंगल र गोदावरी न.पा.३ महेन्द्रनगर रोड गोदावरी पुल नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,२३,२४५।– बराबरको प्याज, चिनी, नुन, पानीपुरी, सुटपिस, लेडिज पर्स, रुमाल, पाउडर, रंगोली, बिडी, सुर्ती, सेन्ट, व्याडमिन्टन, खेलौना, पानी तान्ने मोटर, पटाका, कस्मेटिक लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

      कञ्चनपुर:-  मिति २०८१।०७।०७ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ४ बसपार्क,  ऐ. ११ चौकीसत्ता, बेदकोट न.पा. ८ दैजी र  पुनर्वास न.पा. ११ डोकेबजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७,९८,११२।– बराबरको सुटपिस, थान कपडा, जुत्ता, कुर्ती, सल, गम्छा, झिलीमिली बत्ति, पटाका, हाडबेयरका सामान, किरना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।