अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-०७-०९
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०७।०८ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु गोदावरी न.पा. ३ चौकीडाँडा र टिकापुर न.पा.९ बालुवाटारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५७,०००।– बराबरको सुटपिस, शुभ दिपावली स्टिकर, रंगोली स्टिगर, खुट्टाको छाप, पानीपुरी, कम्युटर पेपर लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०७।०८ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. १० भन्सार कार्यालय नजिक, ऐ. १७ खल्ला, बेलौरी न.पा.७ पौलाह र चाँदनी न.पा.१ पक्की पुलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४,०९,३०७।– बराबरको प्याज, चिनी, गुड, बिडी, सुर्ती, सरफ, दाल, मटर, मिठाई, आलु, पाईन्ट कपडा, धातुको बाटा, ढोकाको कब्जा, काजु, बदाम, पेय पदार्थ, कस्मेटिक समान, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।