सवारी दुर्घटनामा मृत्यु
२०८१-०७-०९
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०७।०८ गते १८:२० बजेको समयमा जिल्ला कैलाली, घोडाघोडी न.पा.५ डोकेबजार स्थित पुर्ब पश्चिम राजमार्गमा सु.प.प्र.०१-०१२ प ७२७९ नम्बरको मोटरसाइकल र सु.प.प्र.०१-००२ त ६१८७ नम्बरको ट्याक्टर एक आपसमा ठोक्किदा मोटरसाइकल चालक जिल्ला कैलाली, घोडाघोडी न.पा. १० बस्ने बर्ष २७ को सुशिल बि.क. गम्भिर घाईते भई उपचारको लागि घोडाघोडी अस्पताल सुखड हुँदै निशर्ग अस्पताल धनगढी लगिएकोमा ऐ.२०:०० बजे उपचारको क्रममा मृत्यु भएको, ट्याक्टर र ट्याक्टर चालक जिल्ला कैलाली, लम्की चुहा न.पा.४ बलिया बस्ने बर्ष ३७ को राताराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको ।