अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८१-०७-१०
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०७।०९ गते १२:२० बजेको समयमा जिल्ला कैलाली, उ.म.न.पा.८ धनगढीगाँउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,०४,३४०।– बराबरको पटाका सहित ऐ.२ सन्तोशी टोल बस्ने बर्ष ४१ को मिन बहादुर बुच्चा मगरलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको ।
यसैगरी, मिति २०८१।०७।०९ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु भजनी न.पा.३ ठेकीपुल, टीकापुर न.पा.१ गौरापाउरोटी नजिक र ऐ. ९ बालुवाटारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,६२,४९०।– बराबरको चिनी, बिडी, सुर्ती, मसला, चक्लेट, रंगोली स्टिकर, मिठाई, शुभ दिपावली स्टिकर, डोरी, डिजिटल तराजु लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०७।०९ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. १० र बेलौरी न.पा.१ फटैयाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६५,०५०।– बराबरको चिनि, प्याज, मिठाई, मटर, दाल, कस्मेटिक, किराना , बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।