अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०७-१०
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०७।०९ गते १८:३० बजेको समयमा इलाका प्रहरी कार्यालय भजनी र पृथ्विपुर, कैलालीबाट संयुक्त खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, भजनी न.पा.५ लालबोजीबाट सोही नगरपालिका २ रजबारा बस्ने बर्ष २२ को रुपेश बि.क. र ऐ.घोडाघोडी न.पा.४ सिमथरी बस्ने बर्ष २१ को कुसल गिरीलाई १.७४० ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।०७।०९ गते १४:४५ बजेको समयमा अस्थायी प्रहरी पोष्ट शान्तिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ त्रिवेणीघाटबाट सोही नगरपालिका २ बैयाबेहडी बस्ने १८ बर्षिय किशोरलाई अबैध लागू औषध स्पास नामक १६ ट्वलेट सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।०७।०९ गते २०:३० बजेको समयमा इलाका प्रहरी कार्यालय सडकपुर बौनियाँ, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, बर्दगोरिया गा.पा.४ मुडा बजारबाट ऐ. मोहन्याल गा.पा.२ पन्डोन बस्ने बर्ष २३ को सागर शाही र १७ बर्षिय किशोर समेत दुई जनालाई अबैध लागू औषध Tramadol १६५ क्याप्सुल, Abil १४३ क्याप्सुल, मोबाइल थान-२ र नगद रु. ४५,५००।- सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।