प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-०७-१०

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८१।०७।०९ गते १८:३० बजेको समयमा इलाका प्रहरी कार्यालय भजनी र पृथ्विपुर, कैलालीबाट संयुक्त खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, भजनी न.पा.५ लालबोजीबाट सोही नगरपालिका २ रजबारा बस्ने बर्ष २२ को रुपेश बि.क. र ऐ.घोडाघोडी न.पा.४ सिमथरी बस्ने बर्ष २१ को कुसल गिरीलाई १.७४० ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।  

     यसैगरी, मिति २०८१।०७।०९ गते १४:४५ बजेको समयमा अस्थायी प्रहरी पोष्ट शान्तिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ त्रिवेणीघाटबाट सोही नगरपालिका २ बैयाबेहडी बस्ने १८ बर्षिय किशोरलाई अबैध लागू औषध स्पास नामक १६ ट्वलेट सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।  

     यसैगरी, मिति २०८१।०७।०९ गते २०:३० बजेको समयमा इलाका प्रहरी कार्यालय सडकपुर बौनियाँ, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, बर्दगोरिया गा.पा.४ मुडा बजारबाट ऐ. मोहन्याल गा.पा.२ पन्डोन बस्ने बर्ष २३ को सागर शाही र १७ बर्षिय किशोर समेत दुई जनालाई अबैध लागू औषध Tramadol १६५ क्याप्सुल, Abil १४३  क्याप्सुल, मोबाइल थान-२ र नगद रु. ४५,५००।- सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।  


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।