जुवातास खेलिरहेको अबस्थामा ३ जना पक्राउ
२०८१-०७-१०
- A
- A-
- A+
अछाम:- मिति २०८१।०७।१० गते ००:१० बजेको समयमा जिल्ला अछाम, मंगलसैन न.पा.५ मंगलसैन बजार स्थित दिपेन्द्र शाहीको घरमा कोठा भाडा गरी बस्दै आएको सोही ठाउँ बस्ने बर्ष ३६ को प्रकाश भाटले जुवातास खेलाई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा निज प्रकाश भाट सहित ३ (तिन) जनालाई पक्राउ गरेको, जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले निजहरुलाई नगद रु.१६,४३०।-,१ गड्डी तास, मोवाइल थान -३ सहित पक्राउ गरेको, यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।