प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध काठ सहित मानिस नियन्त्रणमा

२०८१-०७-१०

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८१।०६।०९ गते ०५:३० बजेको समयमा अस्थायी प्रहरी पोष्ट चौकिडाँडा, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला कैलाली, गोदावरी न.पा.३ चौकीडाँडा चुट्की बजार स्थित पश्चिमबाट पुर्व तर्फ जादै गरेको से १ ख १३५० नम्बरको मिनी ट्रकलाई संका लागी चेक जाँच गर्दा अबैध साल जातको काठ गोलिया थान-४ (५४.७७ क्युफिट) अन्दाजी मुल्य रू.६८,४६२।-  फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त अबैध काठ सहितको ट्रक र ट्र्क चालक ऐ. चुरे गा.पा. ६ बस्ने बर्ष २७ को भक्त बहादुर थापालाई आवश्यक कारवाहीको डिभिजन वन कार्यालय धनगढी कैलालीलाई बुझाएको । 


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०१-२५

      कैलाली:-  मिति २०८२।०१।२४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ मिलनचोक, ऐ.४ ओमशान्ती टोल, ऐ.७ मनेहरा र टिकापुर न.पा.६ भर्तापुर स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६,८५,९१०।– बराबरको चिनी, सुर्ती, मिठाई, बिभिन्न किसिमका भाडा बर्तन, सुटपिस, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।                   कञ्चनपुर:- मिति २०८२।०१।२४ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरू भिमदत्त.न.पा.५ सुकासाल, ऐ.११ गड्डाचौकी, बेलौरी न.पा.२ टेडुवा र पुनर्वास न.पा.६ टाउनबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मुल्य रु.७,५३,६२५।– बराबरको तोरी, गहुँ, बोईलर कुखुरा, बिजुली, ईलेक्ट्रोनिक, हाडबेयर, मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।