अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०७-११
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०७।१० गते २१:५० बजेको समयमा वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ शिवनगर खानेपानी टयाङ्की नजिकबाट सोही ठाउँ बस्ने बस्ने बर्ष २१ को अर्जुन बोगटीलाई ५५० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।०७।१० गते २२:०० बजेको समयमा वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी उ.म.न.पा.५ शिवनगरबाट सोही ठाउँ बस्ने बस्ने १८ बर्षिय किशोरलाई ५४० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ र १५ ट्यावलेट ट्राबेन्डाटोल सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।०७।१० गते २३:०० बजेको समयमा अस्थायी प्रहरी पोष्ट बसपार्क, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ४ बसपार्कबाट दिपायल सिलगढी न.पा.५ बस्ने बर्ष २४ को प्रदिप धोवीलाई ७० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।